रुपन्देही, फागुन १५।
बुटवलमा जारी १९ तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिता आज रुपन्देही ११ र धरान फुटबल क्लब विच प्रतिस्पर्धा हुने छ ।
बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने यी दुइ टोली विचको खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । यस अघि हिजो भएको खेलमा हिमालयन शेर्पा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हिमालयन शेर्पा क्लबले झापा ११ लाई २ –१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । शेर्पाका लागि चेतनकुमार थारु र एलेक्स एक एक गोल गरे । झापा ११ का लागि सन्जोक राई एक गोल गरे ।
३ बिभागीय सहित १० टिमले सहभागीता जनाएको प्रतियोगिता आगामी फागुन २१ गते सम्म सञ्चालन हुने छ ।
प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छ भने उपबिजेताले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाउने छन् । त्यस्तै, उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन ।