जनताको मुक्तिका लागि हतियार उठाउन तयार छौंः विप्लव

जनताको मुक्तिका लागि हतियार उठाउन तयार छौंः विप्लव

काठमाण्डौंको मुटुमा क्रान्ति चर्काईन्छ

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

फागुण १४ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफुहरुले युद्ध नचाहेको तर नेपालका जनताको मुक्तिका लागि अधिकारका लागी हतियार उठाउन पनि तयार रहेको बताउनु भएको छ ।

आठौं महाधिवेशनले गरेको निर्णयहरु तथा पार्टीको नीति सार्वजनिक गर्न रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरिएको घोषणा सभामा बोल्दै महासचिव विप्लवले राज्यको गलत नितिका कारणले नेपालमा क्रान्ति हुने र त्यो बेला बन्दुक समेत उठाउन पछि नपर्ने चेतावनी दिनु भयो ।

संसदीय व्यावस्था भित्र हुने कुनै पनि निर्वाचन असफल पार्ने भन्दै संसदीय व्यवस्था लाद्ने प्रयास गरे जनवादी व्यवस्था स्थापना हुने उहाले बताउनु भयो ।

उहाले कम्युनिष्ट पार्टिले अब रोल्पाको थवाङमा मात्रै हैन काठमाण्डौको मुटुमा क्रान्ति चर्काउने घोषणा समेत गर्नुभयो ।
पार्टी शान्ति स्थापनाका लागी अगाडि बढीरहेको भन्दै विप्लवले अन्याय अत्याचारमा परेका , उत्पिडित वर्ग जातीको मुक्ति पछि मात्रै मुलुकमा शान्ति स्थापना हुने बताउनु भयो ।


उहाँले बिदेशीको ईसारामा आफ्नो स्वार्थका लागी मुलुक नै बेच्च पछि नपर्नेहरु नेपालीहरुको दुस्मन भएको बताउनु भयो ।
मदन भण्डारीकोे हत्याको बिषयमा एमालेका नेताहरुलाई थाहा भएपनि पटक पटक सरकारमा जादा समेत सत्य तथ्य कुराहरु बाहिर ल्याउन नचाहेको बताउनु भयो ।

बैदेशीक रोजगारिका नाममा नेपाली युवाहरुलाई बिदेशमा गुलाम बनाएर श्रम लुटिरहेको भन्दै यसको पनि अन्त्य हुनुपर्ने उहाको जोड छ ।

बिदेशीको ईसारामा काँग्रेस र एमालेका केही नेताहरुले माओवादीका नेताहरुले जे मागे पनि दिएर कम्युनिष्ट पार्टीको आन्दोलन ध्वस्त पार्ने अभिब्यत्ति दिएको विप्लवको भनाई छ ।
प्रचण्ड, बाबुराम सहितका संसदबादी दलका सीमित नेताहरुले महलमा बसरे क्रान्ति हुदैन भन्दैमा क्रान्ति नसिद्धिने चेतावनी दिनु भयो ।

उहाँले माओवादीसँग भएको शान्ति सम्झौतालाई पुनरावलोकन गर्नुपर्ने पनि बताउनु भयो । नेपालको प्रहरीलाई सीमामा भारतीय बुटले हिर्काउँदा पनि सरकार मौन बस्नु दुखद् भएको भन्दै उहाँले नेपाली सेनालाई दलहरुले ढाल बनाउन नहुने चेतावनी दिनु भयो । नेपालमा चुनाव हुन्छ या हुदैन भनेर भारतलाई अभिव्यक्ति दिने अधिकार कसैले नदिएको उहाँले बताउनु भयो । राष्ट्रियताको रक्षाका लागि कर्मचारी, सेना, प्रहरी सबैले लड्नु पर्ने बताउनु भयो ।

उहाँले थवाङमा अब सहिद म्युजियम बनाउने पनि जानकारी दिनु भयो । उहाले मुलुकभर शहिद भवनहरु निर्माण गरिने पनि बताउनु भयो ।

मदन भण्डारीको हत्याको बिषयमा एमालेका नेताहरुलाई थाहा भएपनि पटक पटक सरकारमा जादा समेत सत्य तथ्य कुराहरु बाहिर ल्याउन नचाहेको विप्लवले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ