नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा जारी

नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा जारी

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

फागुण १४ लिवाङ ।
नेपाल कम्युनिष्ट पार्टीले आज पार्टीको आठौं महाधिवेशनले गरेको निर्णयहरु तथा पार्टीको नीति सार्वजनिक गरिरहेको छ ।
पार्टीको नीति सार्वजनिक गर्न अहिले रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरिएको घोषणा सभा जारी छ ।

गत फागुण १ गते काठमाण्डौंमा उद्घाटन पछि रोल्पाको थवाङमा चलेको बन्द शत्रले गरेका निर्णयहरु शहीद सप्ताहको अवसरमा पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले सार्वजनिक गर्दै हुनुहुन्छ । त्यसअघि अहिले कार्यक्रममा पार्टीको स्थाई समिति सदस्य हरुले आ आफ्नो धारणा राखिरहेका छन् ।

घोषणा सभा सुरु हुनुपूर्व आजै लिवाङमा पार्टीले र्याली निकालेको थियो ।

महाधिवेशनले पार्टीको नाम परिवर्तन गर्नुका साथै समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने र वैज्ञानिक समाजवादमा हुने नीति तथा कार्यक्रमहरु पारीत गरेको छ ।

साथै सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन असफल पार्ने घोषणा समेत आजको कार्यक्रम मार्फत हुने पार्टी नेता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिनु भयो ।
फागुण १० सम्म चलेको बन्द शत्रपछि पार्टीका शीर्ष नेताहरु रोल्पामै रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ