काठमाडौ १४ फागुन । एसियन दलित संसदीय सरोकार मञ्चको आयोजनामा दक्षिण एसियाली मुलुकका दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा हुदैछ ।
दुईदिन सम्म चल्ने सम्मेलनमा दलित समस्याको समाधानका लागि साझा रणनीतिबारे छलफल हुने बताइएको छ । सम्मलेनमा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका देशका दलित सांसदहरुको सहभागिता रहनेछ ।
विश्वमा अन्धविश्वास र कुरीतिका रूपमा रहेको छुवाछूत तथा जातीय भेदभाव अन्त्यका लागि एसिया दलित अधिकार फोरमको सहयोगमा सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा विभिन्न देशमा रहेको जातीय भेदभाव तथा छुवाछूतको अवस्था र अबको रणनीतिबारे छलफल हुने दलित मञ्चका संयोजक एवं सांसद मीन विश्वकर्माले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline