फागुण १४ लिवाङ । नेपाल कम्युनिष्ट पार्टीले आज आठौं महाधिवेशनले गरेको निर्णयहरु तथा पार्टीको नीति सार्वजनिक गर्दै छ ।
फागुण १ मा काठमाण्डौंमा उद्घाटन पछि रोल्पाको थवाङमा चलेको बन्द शत्रले गरेका निर्णयहरु शहीद सप्ताहको अवसरमा पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले सार्वजनिक गर्न लाग्नु भएको हो ।
दिउसो १२ बजे पछि सदरमुकाम लिवाङमा घोषणा सभा शुरु हुने पार्टी नेता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिनु भयो ।
महाधिवेशनले पार्टीको नाम परिवर्तन गर्नुका साथै समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने र वैज्ञानिक समाजवादमा हुने नीति तथा कार्यक्रमहरु पारीत गरेको छ ।
साथै सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन असफल पार्ने घोषणा समेत आजको कार्यक्रम मार्फत हुने जनाईएको छ ।
फागुण १० सम्म थवाङमा चलेको बन्द शत्र पछि सबै पार्टीका शीर्ष नेताहरु रोल्पामै रहेका छन् ।
कम्युनिष्ट पार्टी र अन्य माओवादी घट्टकहरुले फागुण १४ देखि २१ गते सम्मलाई शहीद सप्ताहको रुपमा मनाउदै आएका छन् ।