अवहानी क्लबबिच भएको खेल २-२ गोलको बराबरीमा सकियो

अवहानी क्लबबिच भएको खेल २-२ गोलको बराबरीमा सकियो

  • शुक्रबार, फाल्गुन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ फागुन १३

बङ्गलादेशमा भइरहेको दोस्रो शेख कमल अन्तर्रा्ष्ट्रिय क्लब कप फुटबलमा नेपालको मनाङ मर्स्याङ्दी क्लब र बंगलादेशको चटगाउँ अवहानी क्लबबिच भएको खेल २-२ गोलको बराबरीमा सकिएको छ ।

खेलको तेस्रो मिनेटमै ओलावालेको गोलले मनाङले अग्रता लिएको थियो । मनाङको दोस्रो गोल २२ औँ मिनेटमा ओलावालेले नै गरे । खेलको ३२ औँ मिनेटमा अवहानीले एक गोल फर्काएर अन्तर कम गर्यो । ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अवहानीले खेल बराबरी गरेको हो । मनाङका ओलावाले म्यान अफ द म्याच भए ।

समूह चरणको पहिलो खेलमा मोहमोदेन स्पोटिङ क्लबलाई मनाङले २–० गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा अफगानिस्तानको शाहिन आस्मयीसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

मनाङले सेमिफाइनलका लागि भने बंगलादेशको मोहमोदेन स्पोटिङ क्लब र अफगानिस्तानको शाहिन आस्मयीबिच हुने खेलको नतिजा पर्खनुपर्ने हुन्छ । खेल आज साँझ नै हुनेछ । खेलमा मोहमोदेन विजयी भए मनाङ सेमिफाइनल पुग्ने छ । दुई गोलको अग्रता बनाइसकेको मनाङले अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी