इलाम, फागुन १३ ।
नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन विधेयक पारित नगरि निर्धारित मितिमा चुनाव सम्भव नभएको बताउनु भएको छ ।
इलाम चुलाचुली–२ स्थित हात्तीलेदामा आज धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचनको वातावरण बनाउन संशोधन विधेयक पारित गर्न आवश्यक रहेको बताउनुभयो ।
संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएकोले संशोधन विधेयक पारित गरेर अघि बढ्न सबै दललाई देउवाको आग्रह छ ।
संशोधनले ऐतिहासिक संविधानको सफल कार्यान्वयन तथा मधेश र पहाडबीचको भावनात्मक एकतालाई थप दर्बिलो बनाउने देउवाले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline