देशभरका शिवालयमा दर्शनार्थीको घुईचो

देशभरका शिवालयमा दर्शनार्थीको घुईचो

  • शुक्रबार, फाल्गुन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

१३ फागुन । महाशिवरात्रिका अवसरमा पोखरा र आसपासका शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

पोखराका प्रसिद्ध बिन्ध्यवासिनी मन्दिर परिसरको शिव मन्दिरका साथै छोरेपाटनस्थित गुप्तेश्वर महादेव, भलामस्थित हरिहर महादेव, सीतापाइलास्थित सदाशिवजी सिद्धेश्वर हरिहरलगायतका शिव मन्दिरमा भगवान शिवलाई दूध, जल र बेलपत्र चढाउन दर्शनार्थी लामबद्ध भएर उभिएका छन् । महाशिवरात्रिका दिन सामूहिक ब्रतबन्ध गर्ने चलनअनुरुप धेरै शिवालयमा सामूहिक ब्रतबन्धको कार्यक्रम पनि सञ्चालन भएको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर सीतापाइलाका अध्यक्ष ऋषिराम भण्डारीले बताउनुभयो ।

भरतपोखरीस्थित सिलिङ्गे, मनियलडाँडा, धारापानी लगायतका स्थानमा पनि सामूहिक रुद्री पूजा र ब्रतबन्धका कार्यक्रम सञ्चालन भएका छन् । त्यसैगरी विराटनगरमा पनि हिन्दू धर्मावलम्बीको अराध्यदेव महादेवको आज बिहानैदेखि भक्तजनले धार्मिक विधिपूर्वक पूजापाठ गरिरहेका छन् ।

फागुन शुक्ल चतुदर्शी तिथिमा महाशिवरात्रि मनाइन्छ । शिवपुराणको आधारमा आजका दिन उपवासमा बसेर भगवान महादेवको पूजापाठ गरेको खण्डमा सम्पूर्ण पाप नष्ट हुने उल्लेख गरिएको छ । सोही कारणले आज साधुसन्तका साथै सर्वसाधारण भक्तजन पनि उपवासमा बसेर भगवान महादेवको पूजापाठ गरिरहेका छन् ।

सो अवसरमा भक्तजनले बिहानै पवित्र नदी तथा जलाशयमा स्नान गरी महादेवको जलबाट जलाभिषेक र दूधबाट दुग्धाभिषेक गर्छन् । सो क्रममा महादेवमा बेलपत्र, सिन्दुर, पूmल, अन्न, मिठाइका साथै पानको पात अर्पन गर्छन् । महाशिवरात्रिको अवसरमा मोरङ जिल्लाका विभिन्न शिवालयमा भक्तजन, श्रद्धालुको घुइँचो लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ