गायिका सञ्जिता अभिनयमा पनि जम्ने कोसिसमा (भिडियो सहित )

गायिका सञ्जिता अभिनयमा पनि जम्ने कोसिसमा (भिडियो सहित )

  • शुक्रबार, फाल्गुन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमान्डौ फागुन १३।
पछिल्लो समय गायनको क्षेत्रमा चर्चा कमाउदै गएकी गायिका सञ्जिता श्रेष्ठ अभिनयमा पनि जम्ने कोसिस गर्दै छिन । नेपाली सांगितिक क्षेत्रमा एक पछि अर्काे चर्चित गीत बजारमा पस्कदै गएकी गायिका सञ्जिता अभिनयमा पनि जम्ने कोसिस गरेकी हुन् ।

उनले हालसालै यूट्युव मार्फत सार्वजनिक गरेको दियो धोका बोलको गीतमा अभिनय गरेकी हुन् । साथै उनलाई चर्चिच गायक कमल सुशान्त केसीले पनि साथ दिएका छन् । उक्त गीतमा गायिका सञ्जिता र गायक कमलले नै स्वरबद्ध गरेका छन् ।

आधा दर्जन गीतमा स्वर दिएकी गायिका श्रेष्ठको पहिलो अभिनय हो । पहिलो चोटि अभिनय गर्दा अप्ठ्यारो अनुभव भएको गायिका श्रेष्ठले बताएकी छिन् । गायक केसीले दर्जन बढी लोक दोहोरी गितमा आवाज दिइसकेका छन् ।साथै उक्त म्युजिक भिडियोमा समीर लोहार तथा बालकलाकार रुलोस्ना श्रेष्ठ पनि फिचरिङ छन् ।

तिर्थ पाख्रिन तथा मणिराम गुल्मेली शब्द संयोजन रहेको उक्त गीतमा युनिक भोजराज विकको संगित रहेको छ । उक्त म्युजिक भिडियोलाई निर्देशक कपिल लामाले निर्देशन गरेका हुन् ।

भिडियो  सहित

https://www.youtube.com/watch?v=9egWxsRg5Y4

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी