काठमान्डौ फागुन १३ ।
बंगलादेशको चित्तागोङमा जारी शेख कमल अन्तराष्ट्रिय क्लब कप प्रतियोगितामा आज नेपाली टोली मनाङ मस्र्याङदीले आयोजक चित्तागोङ अवहानीको सामना गर्दै छ ।
नेपाली टोली मनाङले आज समूह चरणको अन्तिम खेलको रुपमा आयोजक अवहानीसँग प्रतिस्पर्धा गर्न लागेको हो । प्रतियोगिताको सेमिफाइनलमा पुग्नका लागि मनाङलाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।
प्रतियोगितामा बलियो टोली मानिएको आयोजक अवहानी खेलमा बराबरी मात्रै भए पनि प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउने छ । जसका कारण नेपाली टोलीलाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।
प्रतियोगितामा मनाङले पहिलो खेलमा मोहमडन स्पोर्टिङ क्ललाई पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानी क्लब सँग पराजित भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline