संघिय गठबन्धनको बैठक आज बस्दै

संघिय गठबन्धनको बैठक आज बस्दै

  • शुक्रबार, फाल्गुन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ १३ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघिय गठबन्धनको बैठक आज बस्दैछ । मधेशी मोर्चाले सरकारले संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरेको भन्दै विरोधमा उत्रिएको समय गठबन्धको बैठक बस्न लागेको हो ।

विभिन्न जातिय दलहरुसमेत आवद्ध गठबन्धनको आज बस्ने बैठकले समेत निर्वाचन अस्वीकार गर्दै आन्दोलनका विषयमा थप निर्णय गर्ने गठबन्धन आवद्ध दल सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

बैठकमा मधेशी मोर्चाले मधेशमा आन्दोलन गरिरहेको र गठबन्धनमार्फत पहाडी जिल्लामा समेत आन्दोलन चर्काउने विषयमा छलफल हुने जनाइएको छ ।

सरकारले संविधान संशोधन विधेयक पारित नगरीकनै आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि विरोधमा उत्रिएको मधेशी मोर्चाले विभिन्न चरणको आनदोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ