मधेशवादीहरु मधेश टुक्रयाउन लागेका छन्ः ओली

मधेशवादीहरु मधेश टुक्रयाउन लागेका छन्ः ओली

  • बिहिबार, फाल्गुन १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

रुद्र बहादुर खड्का

फागुन १२,सिन्धुली ।  पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माअ‍ोवादीले दश वर्षे द्धन्दमा जातियताको नारा उचालेकै कारण अहिले मधेशवादी दलहरु मधेश टुक्रयाउन लागि परेको आरोप लगाउनु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीले आज सिन्धुलीमाढीमा ३६ औँ सहीद ऋषिराज देवकोटा “आजात” को स्मृति दिवसको अवसरमा आयोजित पार्टीको प्रथम जिल्ला परिषद उद्घाटन समारोह सभालाई सम्बोधन गर्दै उहाँले प्रचण्ड सरकारले मधेशी र पहाडे भनेर भेद खडा गरी टुक्रयाउने खेलमा लागेको बताउनु भयो ।
कम्यूनिष्टको खोल ओढेर प्रजातन्त्रवादी हुँ भनेर दावी गर्नेहरुले आज भूकम्पपीडितको समस्या समाधान गर्न पछि हटेको ओलीले बताउनु भयो ।
राष्ट्रिय स्वाधीनताको पक्षमा लड्न आफ्नो पार्टी सधैं तयार रहेको ओलीले दावी गर्दै निर्वाचन तोकिएको समयमै हुनु पर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ