काठमाडौ १२ फागुन । लगातार सुचना टाँसगरी स्थगित हुदै आएको व्यवस्थापिका संसदको बैठक आजदेखि सुचारु भएको छ । बैठकमा संशोधन प्रस्तावमाथी सैद्धान्तिक छलफल आजै शुरु गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक दिनका लागि संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल गर्न दिने भएपछि संसदमा आजदेखि संविधन संसोधन प्रस्ताव माथिको छलफल सुरु भएको हो ।
यद्धपी नेमकिपाका सांसदहरुको नाराबाजीकाबीच संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा सैद्धान्तिक छलफल सुरु भएको थियोे ।
संसदमा कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो । संसदको बैठक सुरुमा बोल्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले विशेष समय लिएर बोल्दै संशोधन प्रस्ताव अघि नबढाउन आग्रह गर्नुभयो ।
नेता नेम्वाङले आफूहरु संशोधनमाथिको छलफलमा भाग नलिने र मौन बस्ने बताउनुभयो । सरकार र दलहरु चुनावमा केन्द्रीत हुनुपर्ने बेला संशोधन प्रस्ताव अघि बढाउँदा संसद र जनता विभाजित हुने भन्दै नेम्वाङले ध्यानाकर्षण गराउनुभयो । उहाले संशोधन प्रस्ताव पास हुन नदिने आफूहरुको अविचलित अडान रहेको बताउनुभयो ।
सत्ता पक्षले नै संशोधन पास नभए मान्दैनौं भनेको उल्लेख गर्दै उहाले त्यसपछि के हुन्छ भनेर सरकारले संसद र आफूहरुलाई आवस्त बनाउन नसकेको बताउनु भयो ।
यस्तै छलफलमा भाग लिदै तराइ मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले संविधान नसच्चिएसम्म निर्वाचनमा नजाने बताउनु भयो ।
नेपालको संविधान दोस्रो संविधान संशोधन विधेयकमाथि सैद्धन्तिक छलफलमा भाग लिदैं उहाले संविधान त्रुटिपूर्ण रहेको ले नसच्चिएसम्म निर्वाचनमा जाने स्थिति नहुने बताउनु भयो ।
त्यस्तै माओवादी केन्द्रका सांसद् उमेश यादवले संविधान संशोधन विधेयक मधेसी दलको मात्र नभइ मधेसमा कार्यरत सबै दलको माग रहेको बताउनु भयो । उहाले यो विधेयक पारित भएको अवस्थामा मधेससँगको एकता र सद्भाव थप बढ्ने बताउनु भयो ।
यसअघि आज बिहान सभामुख ओनसरी घर्ती मगरको आग्रहमा सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको छलफलपछि प्रस्ताव अघि बढाउने सहमति जुटेको थियो ।