राप्रपा केन्द्रिय कार्यसमितको पहिलो बैठक बस्दै

राप्रपा केन्द्रिय कार्यसमितको पहिलो बैठक बस्दै

  • बिहिबार, फाल्गुन १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ १२ फागुन ।
एकता महाधिवेशनपनि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ । गत फागुन ६ गतेदेखि सुरु महाधिवेशन सकिएको एक दिनपछि नै नवनिर्वाचित समितिको बैठक बस्न लागेको हो ।

राजधानीको भएको महाधिवेशनले अध्यक्ष सहित ९८ सदस्यीय केन्द्रीय समिति बैठक निर्वार्चित गरेकोमा पार्टी अध्यक्ष कमल थापाले हिजै १५ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि १ सय १३ सदस्यीय कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो ।

राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह तीन बजेपछि बस्ने बैठकमा स्थानीय तह निर्वाचनका साथै पार्टीगत धारणा तय गर्ने जनाइएको छ ।

सरकारले आगामी बैशाख ३१ गतेका लागि निर्वाचन मिति घोषणा गरेको र निर्वाचन आयोगले समेत चुनाव कार्यतालिका सार्वजनिक गरेपछि निर्वाचनबारे पहिलो बैठकबाटै धारणा बनाउने तयारी भएको केन्द्रीय सदस्य राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

यसैबीच, अध्यक्ष थापाले १५ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । पार्टी बिधानअनुसार, १ सय ६३ सदस्यीय कार्यसमितिमा पदाधिकारी सहित ६५ जना मनोनयन गर्ने प्रावधान छ ।

पार्टी महाधिवेशन सकिएकै दिन अध्यक्ष थापाले बरिष्ठ नेता सहितलाई मनोनयन गर्नुभएको हो । दिपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, टंक ढकाल, दिलनाथ गिरी, रामबहादुर सुब्बा, नरेन्द्र चौधरी, रामप्रसाद राय, भिमप्रसाद गौचन, रामकृष्ण भट्टराई, उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, राम थापा, नरेन्द्रबहादुर चन्द र गीता बस्नेतलाई केन्द्रीय सदस्य मनोनित हुनु भएको नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ