रुपन्देही, फागुन १२।
१९ तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिता आज देखि बुटवलमा सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली ससस्त्र प्रहरीको एपिएफ र भारतको शेर ए क्लव कालिमपोङ विच प्रतिस्पर्धा हुने छ ।
बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने यी दुइ टोली विचको खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । प्रतियोगितामा ३ बिभागीय सहित १० टिमको सहभागी हुने बताइएको छ ।
आगामी फागुन २१ गते सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छ भने उपबिजेताले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाउने छन् । त्यस्तै, उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline