संसद बैठक आजपनि बोलाइयो

संसद बैठक आजपनि बोलाइयो

  • बिहिबार, फाल्गुन १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ १२ फागुन ।
लगातार सुचना टाँस गरी स्थगित हुदै आएको व्यवस्थापिका संसदको बैठक आजपनि बोलाइएको छ । अपरान्न ३ बजेपछि बस्ने संसद बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने सरकारको तयारी छ ।

यद्यपी प्रतिपक्षी दलले संशोधन विधेयकको सम्बन्धमा संसदको परिणाम स्वीकार गर्न मधेशी मोर्चा सहमत नभएसम्म प्रस्तावमाथिको छलफल अघि बढाउने नदिने अडान कायमै राखेको छ ।

संसदमा दर्ता भएको संविधान संशोधन विधेयक अघि बढाउने या नबढाउने भन्ने विषयमा अन्योलता सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति जुट्न नसक्दा संसदको बैठक निरन्तर प्रभावित हुदै आएको छ ।

यसअघि संसदको कार्यसुचीमा सहमति जुट्न नसक्दा लगातार दुई दिनको बैठक सुचना टाँस गरी स्थगित गरिएको थियो । संसद बैठक बस्न नसक्दा कार्यसुचीमा राखेको महत्वपूर्ण विषयमाथिको छलफल पनि प्रभावित हुदै आएको छ ।

बैठकमा निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीका सम्बन्धमा महाअभियोग सिफारिस समितिले तयार पारेको प्रतिवेदन तथा स्थानीय तह र निर्वाचन कसुर सजाय विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको सुचना पेश गर्ने कार्यसुची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ