बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनलमा धरान रातो र पुलिसबिच प्रतिस्पर्धा हुने

बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनलमा धरान रातो र पुलिसबिच प्रतिस्पर्धा हुने

  • बिहिबार, फाल्गुन १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ १२ फागुन ।
धरानमा जारी १९ औँ संस्करणको बुढासुब्बा गोल्डकप प्रतियोगितामा आज आयोजक धरान रातो र विभागिय टोली नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

धरानस्थित एन्फा टेक्निकल सेन्टरमा हुने दोस्रो सेमिफाइनल खेलमा दुवै टोली जीत हात पादै उपाधि यात्रा तय गर्ने दाउमा हुनेछ ।

पुलिसले भारतको कञ्चनजंगा फुलटबल क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो भने आयोजक धरान नीलो पोखरालाई ११ लाई हराउदै सेमिफाइनल पुगेको हो ।

आजको विजेता टोलीले प्रतियोगिताको उपाधिका लागि संकटा कलबसाग प्रतिस्पर्धा गर्नेछ । संकटा हिजो रुपन्देही ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

दुइ विदेशी सहित १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेताले ५ लाख रुपैया नगद हात पार्नेछ भने उपविजेताले साढे २ लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी