भ्यालेन्सियासँग रियल म्याड्रिड पराजित

भ्यालेन्सियासँग रियल म्याड्रिड पराजित

  • बिहिबार, फाल्गुन १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी फागुन १२।
स्पेनिस ला लिगाको गएराति भएको खेलमा रियल म्याड्रिड भ्यालेन्सिया सँग पराजित भएको छ । ला लिगााको शीर्षस्थानमा रहेको रियलले भ्यालेन्सियासँग २–१ ले पराजित भए सँगै अंक दूरी बढाउने सम्भावना गुमाएको छ ।

अंक तालिकाको चौधौं स्थानमा रहेको भ्यालेन्सियाले खेलको ९ मिनेटभित्रै दुई गोल गर्दै रियललाई स्तब्ध पारेको थियो । खेलको चौथो मिनेटमै वेष्टह्यामका पूर्व स्ट्राइकर सिमोन जाजाले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए ।

त्यस्तै ९ औं मिनेटमा फाबियान ओरेलानाले दोस्रो गोल गर्दै भेलेन्सियाको अग्रता दोब्बर बनाए । खेलमा ७२ प्रतिशत बल आफ्नो पकडमा राखेपनि रियल म्याड्रिडले गोल गर्न भने ४४ औ मिनेट कुर्नु परेको थियो ।

क्रिस्टियानो रोनाल्डोले खेलको ४४ औ मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि जित निकाल्न भने सकेन । भ्यालेन्सियासँग रियल म्याड्रिड पराजित भएपछि बार्सिलोनालाई केही राहत मिलेको छ ।

रियल म्याड्रिड भन्दा एक खेल बढी खेलको बार्सिलोना म्याड्रिडभन्दा १ अंकले मात्र पछाडि परेको छ । २२ खेल खेलेको रियल म्याड्रिडको ५२ अंक छ भने २३ खेल खेलेको बार्सिलोनाको ५१ अंक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी