काठमाडौ ११ फागुन ।
बङ्गलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा नेपाली टोली मनाङ मर्स्याङ्दी क्लब अफगानिस्तानको शाहिन आस्मयीसँग ३–१ गोल अन्तरले पराजित भएको छ ।
चटगाउँको मोहम्मद अजिज रंगशालामा आज भएको खेलमा आस्मयीका लागि अमिरुद्धिनले ह्याट्रिक गरे । खेलको ३७ औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए ।
खेलको ६५ औँ मिनेटमा अमिरुद्धिनले नै गोल गर्दै आस्मयीको अग्रता दोब्बर पारे । त्यसपछि मनाङका लागि बिमल बस्नेतले हेडमार्फत गोल गरेर अग्रता कम गरेपनि अमिरुद्धिनले नै ७४ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ह्याट्रिक पूरा गरे ।
आज खेलको पराजित भएपनि मनाङको सेमिफाइनल पुग्ने सम्भावना भने कायमै छ । समूह चरणको पहिलो खेलमा मोहमोदेन स्पोटिङ क्लबलाई मनाङले २–० गोल अन्तरले पराजित गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline