संसदको आजको बैठक पनि सुचना टाँस गरी स्थगित

संसदको आजको बैठक पनि सुचना टाँस गरी स्थगित

  • बुधबार, फाल्गुन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ११ फागुन ।
संविधान संशोधन प्रस्ताव अघि बढाउने विषयमा दलहरुबीच सहमति जुट्न नसकेपछि व्यवस्थापिका संसदको आजको बैठक पनि सुचना टाँस गरी स्थगित भएको छ ।

लामो समयपछि बोलाइएको संसद्को हिजोको बैठक पनि सूचना टाँसेरै स्थगित गरिएको थियो । सरकारले आजको संसद बैठकबाट संशोधन प्रक्रिया अघि बढाउने बताएपछि एमाले लगायतका विपक्षी दलले निर्णय लिन नसक्दा आज पनि संसद बैठक बस्न नसकेको हो ।

सरकारले मोर्चाको माग सम्बोधनका लागि भन्दै आजको संसद बैठकमा संशोधन विधेयक अघि बढाउने तयारी गरेको थियो । यसअघि एमालेले सरकारले निर्वाचनको मिति घोषणा गरे संसदमा संहोधन विधेयक अघि बढाउन दिने बताउदै आएको थियो ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको भएपनि संविधान संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा आउने परिणामलाई मोर्चाले स्वीकार गर्ने प्रतिबद्धता नआएसम्म प्रस्ताव अघि बढाउन नहुने प्रतिपक्षीको अडानका कारण आजको बैठक प्रभावित भएको हो ।

विशेष कारण जनाउँदै संसद्को अर्को बैठक भोलि अपरान्न ३ बजे बस्ने गरी स्थगित भएको संसद सचिवालय जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ