जनकपूरमा मोर्चा र एमाले कार्यकर्ताबीच झडप

जनकपूरमा मोर्चा र एमाले कार्यकर्ताबीच झडप

उपाध्यक्ष गौतमलाई प्रहरीले स्कटिंग गरी विमानस्थल पुर्याइयो

  • बुधबार, फाल्गुन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमडौ ११ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच जनकपुरमा आज झडप भएको छ । मोर्चाले आज आह्वान गरेको तराई मधेस बन्दको क्रममा जनकपुरमा बजार बन्द गराउँदै हिडेका मोर्चा कार्यकर्ता जनकपुरको ब्रह्मपुरी स्थित एमाले नेता रघुवीर महासेठको घरमा पुगेपछि झडप भएको हो ।

हिजो एक कार्यक्रममा सहभागी हुन आउनु जनकपूर पुग्नु भएका पूर्वगृहमन्त्री समेत रहनु भएका एमाले उपाध्यक्ष बामदेव गौतम महासेठको घरमा बास बस्नु भएको थियो । उहाँलाई समेत लक्षित गरी मोर्चा कार्यकर्ताले चौतर्फी घेरा हालेपछि दुई दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपको क्रममा दुई तर्फी ढुंगा हानाहान हुँदा मोर्चा सम्मिलित दलका सद्भावना पार्टीका कार्यकर्ता राजु साह र कुल्दीप साह तथा एमालेका कार्यकर्ता लालकुमार लहेरी घाइते भएका छन् । सो क्रममा नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष सितल साह पनि घाइते हुनु भएको छ ।

पत्रकार साहलाई ढुंगा लागेर टाउकोमा चोट लागेको छ । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मोर्चाले आफूहरु जुलुस निकालेर जाँदै गर्दा महासेठको घरमा रहेका एमालेका नेता कार्यकर्ताले अवरोध गरेपछि झडप भएको संघीय समाजवादी फोरमका धनुषा अध्यक्ष चन्देश्वर महतोले बताउनु भयो ।

यता एमाले कार्यकर्ताले भने पहिले मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेपछि झडप भएको दावी गरेको छ । मोर्चा कार्यकर्ताको आक्रमणबाट महासेठको घरको झ्यालको सिसा समेत फुटेको जनाइएको छ ।

मोर्चाले घरको घेराउगरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । उपाध्यक्ष गौतमलाई प्रहरीले कडा सुरक्षा बिच स्कटिंग गरी जनकपुर विमानस्थल पुर्याएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ