काठमाडौं, फागुन ११।
राजधानीमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनको आज औपचारीक रुपमा समापन गरिदै छ ।
आज मध्यान्ह साढे १२ राजधानीमा एक कार्यक्रमका विच औपचारिक रुपमा महाधिवेशको समापन गर्ने सो पाटीले जनाएको छ ।
राप्रपाको महाधिवेशले ९८ जना केन्द्रीय सदस्य चयन गरेको छ । आज विहान सम्पन्न निर्वाचनको मतगणा अनुसार पूर्व मन्त्री बुद्धिमान तामाङले सर्वा्धिक मत ल्याउनु भएको छ ।
उहाँले केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ९ सय २८ मत प्राप्त गर्नु भएको हो । केन्द्रिय सदस्यको खुलातर्फ दोस्रो नम्बरमा रहनु भएका विक्रम पाण्डेले १ हजार ९ सय २६ मत प्राप्त गर्नु भएको छ भने तेस्रो नम्बरमा गायिका कोमल वली रहनु भएको छ । उहाँले १ हजार ८ सय ५७ मत प्राप्त गर्नु भयो ।
चौथो नम्बरमा रहनु भएका धवलशमशेर राणाले १ हजार ७ सय ३९ मत प्राप्त गर्नु भएको छ भने राजेन्द्र लिङ्देलले १ हजार ६ सय ६४ मत प्राप्त गरी पाँचौ नम्बरमा रहनु भएको छ ।
यस्तै महाधिवेशनबाट केन्द्रिय सदस्यमा कलाकारहरु रेखा थापा, मिरा राणा पनि निर्वा्चित हुनुभएको छ । मतदानमा ३ हजार २ सय ९७ जना महाधिवेशन प्रतिनिधि सहभागी थिए ।
राप्रपामा ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।अध्यक्षमा कमल थापा यसअघि नै निर्वा्चित भैसक्नुभएको छ ।