व्यवस्थापिका संसदको बैठक आज बस्दै, संशोधन विधेयक अघि बढ्ने सम्भावना

व्यवस्थापिका संसदको बैठक आज बस्दै, संशोधन विधेयक अघि बढ्ने सम्भावना

  • बुधबार, फाल्गुन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ ११ फागुन ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो २ बजेपछि बस्ने बैठकमा संविधान संशोधनमाथि छलफल गर्ने सम्भावित कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि हिजोका लागि तय संसद बैठक कार्यसुचीमाथि सहमति जुट्न नसक्दा सुचना टाँस गरी स्थगित गरिएको थियो । आजको बैठकमा दलहरुबीच थपछलफल गरी संशोधन विधेयक छलफलका लागि अघि बढाउने तयारी भएको बताइएको छ ।

संशोधन विधयकमाथिको सैद्धान्तिक छलफल अघि बढेमा आजैदेखि सांसदहरुले विधेयकमाथि धारणा राख्नेक्रम सुरु हुनेछ । सांसदहरुले बोल्ने क्रम सकिएपछि विधेयकलाई संसदबाट स्वीकृति लिइ ७२ घण्टे संशोधनको समय दिइनेछ ।

यसैबीच आजको संसद बैठकमा निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीका सम्बन्धमा महाअभियोग सिफारिस समितिले तयार पारेको प्रतिवेदन तथा स्थानीय तह र निर्वाचन कसुर सजाय विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको सुचना पेश गर्ने कार्यसुची पनि रहेको सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ