काठमान्डौ माघ ११।
धरानमा जारी १९ औ अन्तराष्टिय आमन्त्रण बुढासुबा गोल्डकप फुटबल प्रतियोगितामा आज रुपन्देही ११ ले सीएमजी संकटा क्लको सामना गर्दै छ ।
यी दुइ टोली विचको खेल अरान्ह साढे तीन बजे पछि धरान स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने छ । यसअघि हिजो भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।
विभागीय टोली पुलिसले भारतको कञ्चनजंगा फुलटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
दुइ विदेशी सहित १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेताले ५ लाख रुपैया प्राप्त गर्ने छ भने उपविजेताले साढे २ लाख रुपैया पुरस्कार प्राप्त गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline