काठमान्डौ फागुन ११।
बंगलादेशको चित्तागोङमा जारी शेख कमल अन्तराष्टिय क्लब कप फुटबल प्रतियोगितामा आज नेपाली टोली मनाङ मस्र्याङदीले अफगानी क्लब सहिन अस्मायीसँग प्रतिस्पर्धा गर्दै छ ।
प्रतियोगिताको समूह वि मा रहेको मनाङले आफ्नो दोस्रो खेल अन्तर्गत अफगानी क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो । आज नै हुने अर्काे खेलमा चित्तागोङ र मोहमडन आमने सामने हुने छन् ।
नेपाली टोली मनाङले आफ्नो पहिलो खेलमा ढाकाको मोहमडन स्पोर्टिङ क्लबलाई २ – ० गोल अन्तरले पराजित गरेको थियो । मनाङ आजको खेलमा पनि सोहि लयलाई निरन्तरता दिने दाउमा रहेको छ ।
मनाङलाई प्रतियोगिताको सेमिफाइनलमा पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब रहेको छ । मनाङले अब प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा पर्सी शुक्रबार बलियो मानिएको चित्तागोङ अबहानीको सामना गर्दै छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline