काठमाडौ ११ फागुन ।
संसदमा संविधान संशोधन प्रस्ताव विधेयक अघि बढाउन दिने नदिनेबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।
बिहान ११ बजेपछि सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बस्ने बैठकले मधेशी मोर्चाको माग सम्बोधनका लागि भन्दै संसदमा पेश भएको संविधान संशोधन विधेयकमाथिको छलफल अघि बढाउन दिने नदिनेबारे निर्णय गर्ने जनाइएको छ ।
यसअघि एमालेले सरकारले निर्वाचनको मिति घोषणा गरे संशोधन विधेयकमाथिको छलफल अघि बढाउन दिने बताउदै आएको थियो । सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन ािति घोषणा गरिसकेको छ ।
संसदीय दलको बैठकपछि एमालेले विपक्षी ९ दलको बैठक समेत बोलाइएको छ । बैठकले संशोधन विधेयक अघि बढाउने सम्बन्धमा औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।
संविधान संशोधनप्रति असहमित जनाउँदै एमालेले यसअघि संसद बैठक अवरुद्ध गर्दै आएको थियो । तर निर्वाचन मिति घोषणा भएपछि भने संशोधन प्रक्रिया अघि बढाउन एमाले लचिलो हुने विश्वास गरिएको छ ।
यसअघि हिजो प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा एमालेले संशोधन प्रक्रिया अघि बढाउन दिने तर, प्रस्ताव पास वा फेल जे भए पनि त्यसलाई मधेसी दलले स्वीकार गर्नुपर्ने सुनिश्चितता हुनुपर्ने बताएको थियोे ।