काठमडौ १० फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देशभक्तिको भावनाबाट ओतप्रोत गीत–सङ्गीतले जनतालाई एकताको सूत्रमा बाँध्ने बताउनु भएको छ । उहाँले यस्ता गीत संगीतले राष्ट्र र राष्ट्रियताप्रति अटल आस्था र विश्वास जगाउँदै योगदान पु¥याउने बताउनुभयो ।
वरिष्ठ संगितकार नातिकाजी श्रेष्ठको ९२औँ स्मृति दिवसका अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय गीतको लयमा प्रस्फुटित गौरव गाथामा गरिएको संस्कृति र रीतिरिवाजको वर्णले समाजलाई एकताबद्ध बनाउँदै आएको धारणा राख्नुभयो ।
राष्ट्रपति भण्डारीले सर्जक राष्ट्रका अमूल्य निधि र सम्पत्ति भएको बताउँदै स्रष्टाको साधनाबाट सिर्जित गीत, सङ्गीत कलाकृति हाम्रा गौरव र धरोहर भएको धारणा व्यक्त गर्नुभयो ।
सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले नेपाली गीत–सङ्गीतलाई अन्तर्रा्ष्ट्रिय क्षेत्रमा पहिचान दिने काममा नातिकाजीको निकै ठूलो योगदान रहेको धारणा व्यक्त गर्नुभयो ।
नातिकाजी स्मृति समाजले आयोजना गरेको उक्त समारोहमा भजन शिरोमणि भक्तराज आचार्यलाई नातिकाजी विशिष्ट स्रष्टा सम्मान २०७३ बाट सम्मानित गरिएको छ ।