काठमाडौ १० फागुन ।
स्थानीय तह निर्वाचनका विषयमा थप छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आव्हान गर्नुभएको सर्वदलीय बैठक अहिले जारी छ । बैठक नयाँबोश्वर स्थित संसद् भवनमा चलिरहेको
छ ।
आगामी वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक वातावरण बनाउन प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल शुरु गर्नु भएको हो ।
यसैविच स्थानीय निवार्चन र संविधान संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक मधेसी मोर्चाका नेताले बहिष्कार गरेका छन् ।
आन्दोलनरत मधेसी मोर्चामा आवद्ध संसदमा प्रतिनिधित्व गर्ने दलले भने सरकारले हिजो घोषणा गरेको निर्वाचनको विषयमा आन्दोलनमा गएकाले सहभागी नभएको हो ।
संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बैठकमा डाकिएकोमा मोर्चाबाहेकका अरू दलका शीर्ष नेता बैठकमा सहभागी भएका प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।