काठमान्डौ माघ १०।
धरानमा जारी १९ औ बुढासुबा गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय टोली नेपाल पुलिस क्लब र भारतको कञ्चनजंगा फुटबल क्लब विच प्रतिस्पर्र्धा हुदै छ ।
धरान स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने यी दुइ टोली विचको खेल अरान्ह साढे तीन बजे पछि हुने छ । यसअघि हिजो भएको खेलमा सीएमजी संकटाले प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।
संकटाले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । संकटाका लागि राज पौडेलले निर्णायक गोल गरे । संकटाले अव फाइनलका लागि भोली रुपन्देही ११ सँग प्रतिस्पर्धा गर्ने छ ।
दुइ विदेशी सहित १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेताले ५ लाख रुपैया प्राप्त गर्ने छ भने उपविजेताले साढे २ लाख रुपैया पुरस्कार प्राप्त गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline