काठमाडौ १० फागुन ।
संविधान संशोधन प्रस्ताव पारित नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेको भन्दै विरोधमा उत्रिएको मधेशी मोर्चाले आज साँझ तराईका जिल्लाहरुमा मशाल जुलश निकाल्ने तयारी गरेको छ ।
वयवस्थापिका संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव नगरी सरकारले आगामी बैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेपछि मोर्चाले विभिनन चरणको दवाव मूलक आन्दोलन घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रम अनुसार मोर्चाले आज तराई मधेशका जिल्लाहरुमा साँझ मसाल जुलुस निकालने तयारी गरेको छ भने भोलि मधेस बन्द गर्ने घोषणा गरेको छ ।
यस्तै १२ गतेदेखि गाउँ, नगर तथा सदर मुकामहरुमा भण्डाफोर अभियान चलाउने निर्णय पनि मोर्चाका नेताहरुले गरेका छन् । यद्यपि, मोर्चाले संविधान संशोधन भएमा चुनावमा सहभागी हुनसक्ने संकेत पनि दिएको छ ।
चुनाव घोषणाका लागि सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसिरहेका बेला मधेसी मोर्चाका नेताहरु तमलोपा कार्यालयमा बसेर आन्दोलनबारे छलफल गरेका थिए ।