लामो समय पछि व्यवस्थापिका संसदको बैठक आज बस्दै

लामो समय पछि व्यवस्थापिका संसदको बैठक आज बस्दै

  • मङ्लबार, फाल्गुन १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमान्डौ फागुन १०।
लामो समयको स्थगन पछि आज व्यवस्थापिका संसदको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ ।

स्थानीय निर्वाचन र त्यसका लागि आवश्यक राजनैतिक वातावरण निर्माणका लागि भन्दै संसद बैठक १६ दिनका लागि स्थगित भएको थियो ।

सभामुख ओनसरी घर्ती मगरले आजको बैठकको एजेन्डा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरे पछि मात्रै तय गर्ने र छलफलको एजेन्डा लाई अन्तिम रुप दिने तयारी गर्नु भएको छ ।

बैठकको एजेन्डालाई अन्तिम रुप दिनु भन्दा पहिले सभामुख घर्तीले प्रमुख आठ दलका सचेतकसँग मध्यान्ह १२ बजे पछि छलफल गर्दै हुनुहुन्छ । यद्यपी आजको बैठकमा संविधान संशोधनका विषयमा छलफल गर्ने सम्भावित कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ ।

मधेसी मोर्चाको माग सम्बोधनका लागि भन्दै सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउने दलहरुविच सहमति जुटे यस विषयमा छलफल अघि बढ्ने छ । यद्यपी संविधान संशोधन विधेयक अघि बढाउन नदिने मा एमाले सहित नौ दलीय प्रतिपक्षी मोर्चाको अडान कायमै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ