काठमाडौ ९ फागुन ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्र विक्रम चन्द ‘विप्लव’ ले सरकारले घोषणा गरेको स्थानीय चुनावको सशक्त प्रतिरोध गर्ने बताउनु भएकोछ ।
रोल्पाको थवाङमा जारी महाधिवेशनबाटै एउटा विज्ञप्ती जारी गर्दै उहाले यस्तो बताउनु भएको हो ।
विज्ञप्तीमा विप्लवले गाउँ गाउँमा आफ्नो जनसत्ता सञ्चालान भइरहेका बेला सरकारले घोषणा गर्ने चुनावको कुनै औचित्य नरहेको भन्दै उहाले उक्त चुनाबलाई आफ्नो पार्टीले पूर्णतया असफल पारिदिने चेतावनी दिनुभएको हो ।
स्थानीय तहमा आफ्नो पार्टीको सञ्चालान गरेको जनसत्ताले जनताका कामकारबाही अगाडी बढाइरहेको भन्दै विप्लवले पुरानो सत्ताको झल्को दिने गारी माओवादी नेतृत्वको सरकारले यदी बल मिच्याई गरे त्यसको परिणाम राम्रो नहुने चेतावनी पनि दिनुभएको छ ।
यस्तैनेकपा माओवादीको ८औं महाधिवेशनले महासचिव विप्लवको राजनितिक प्रतिवेदन र पार्टीको विधान पारित गरेको छ ।
पाँच दिन यता रोल्पाको थवाङमा जारी महाधिवेशनको बन्दसत्रले पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय पनि गरेको छ ।
यसअघि नयाँ जनवादी क्रान्तीको एजेन्डा अंगाल्दै आएकोमा अब समाजवादी क्रान्तीको कार्य दिशातर्फ अघि बढ्ने निर्णय समेत भएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिनुभयो ।
त्यसका लागि गाउँदेखि शहरसम्मका मध्यमवर्ग, किसान, मजदूर, बुद्धिजिवी लगायतलाई समेटेर समाजवादी क्रान्ती स्थापना गर्ने निर्णय पनि भएको छ ।
अब प्रत्येक जिल्लामा समाजवादी घर र कम्युनिष्ट समाज निर्माणका लागि पार्टी अग्रसर हुने सम्बन्धमा पनि निर्णय भएको प्रवक्ता प्रकाण्डले बताउनु भयो ।
सबै कम्युनिष्टहरुले भारतलाई विस्तारवाद भन्दै आएकोमा अबदेखि पार्टीले साम्रज्यावाद भन्ने पनि उल्लेख छ ।
महाधिवेशनमा भएका निर्णयहरु फागुन १४ गते रोल्पाको सदरमुकाम लिवाङमा घोषणा सभा गरी सार्वजनिक गर्ने तयारी भएको सो पार्टीले जनाएको छ । महाधिवेशनमा स्वदेश तथा विदेशबाट करिब एक हजार जना प्रतिनिधि सहभागी छन् ।