राप्रपा अध्यक्षमा कमल थापा भारी मतले विजयी

राप्रपा अध्यक्षमा कमल थापा भारी मतले विजयी

  • सोमवार, फाल्गुन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ ९ फागुन । 
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी हुनु भएको छ । नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा थापा २८ सय ४ मत प्राप्त गरी विजयी हुन भएको हो ।

उहाँका प्रतिद्धन्द्धी प्रदिपविक्रम राणाले मात्र २ सय ५१ मत मात्र प्राप्त गर्नु भएको छ । मतदानमा कुल ३१ सय ३६ मत खसेकोमा ८१ मत बदर भएको थियो ।

सहमतिमा नेतृत्व चयन गर्न असफल भएपछि मतदानबाट टुङ्गो लगाइएको हो । थापा लामो समयदेखि पार्टी नेतृत्वमा हुनुहन्छ ।

पार्टीको विधान अनुसार भोली एक सय ६३ सदस्यीय केन्द्रीयका लागि मतदान हुनेछ । केन्द्रीय सदस्यका लागि ३ सय ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । निर्वाचनलाई पारदर्शी तथा छिटोछरितो बनाउनका लागि ६० वटा विद्युतीय मतदान यन्त्र प्रयोग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ