रिक्त रहेका विभिन्न १४ मुलुकमा राजदुत सिफारिस

रिक्त रहेका विभिन्न १४ मुलुकमा राजदुत सिफारिस

  • सोमवार, फाल्गुन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ ९ फागुन ।
सरकारले विभिनन १४ मुलुकका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १४ मुलुकमा रिक्त रहेका राजदुत नियुक्तिका लागि सिफारिस गरेको हो ।

सरकारले युनाइटेड अरब इमिरेट्सका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युवनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास र अस्टे«लियाका लागि लक्की शेर्पालाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरेबियाका लागि महेन्द्र सिंह, म्यानमाका लागि भीम उदास, श्रीलंका लागि विश्वम्भर प्याकुरेल, ओमनका लागि शर्मिला पराजुली, दक्षिण कोरियाका लागि अर्जुन बहादुर सिंह, बंगलादेशका लागि चोपलाल भुसाल र इजरायलका लागि निरञ्जन थापालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।

साथै सरकारले स्पेनमा राजदूतावास खोली त्यहाँ भरत रायमाझीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता समेत रहनु भएका सन्चारमन्त्री कार्कीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ