काठमाडौ ९ फागुन ।
सशस्त्र प्रहरीको एपिएफलाई पराजित गर्दै संकटा क्लब धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
धरानस्थित एन्फा टेक्निकल सेन्टरमा दिउँसो भएको खेलमा संकटाले विभागिय टोली सशस्त्र प्रहरकिो एपिएफलाई १–० गोलअन्तरले पराजित गदै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो ।
संकटाका लागि खेलको ३९ औँ मिनेटमा राज पौडेलले गरेको गोल नै निर्णयक बन्यो । संकटाले अब बुधबार रुपन्देही–११ सँग सेमिफाइलमा खेल्नेछ ।
रुपन्देहीले क्वार्टरफाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गरेको थियो । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा भोली पुलिस र भारतको सिक्किम युनाइटेड फुटबल क्लब भिड्नेछन् ।
पुलिसले प्रिक्वार्टरफाइनलमा धरान ‘पहेंलो’लाई हराएको थियो भने सिक्किमले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो ।