नेकपा माओवादी अब नेपाल कम्युनिष्ट पार्टी हुने

नेकपा माओवादी अब नेपाल कम्युनिष्ट पार्टी हुने

नयाँ जनवादी क्रान्तीबाट अब समाजवादी क्रान्तीको कार्यदिशा तर्फ

  • सोमवार, फाल्गुन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

काठमाडौ ९ फागुन ।
नेकपा माओवादीको ८ औं महाधिवेशनले महासचिवको राजनितिक प्रतिवेदन र पार्टीको विधान पारित गरेको छ । पाँच दिन यता रोल्पाको थवाङमा जारी महाधिवेशनले आज पार्टी महासचिव विप्लवको राजनितिक प्रतिवेदन र प्रवक्ता प्रकाण्डले पेश गर्नुभएको पार्टीे विधान सुझावसहित पारित गरेको हो ।

यस्तै महाधिवेशन बन्दसत्रले पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको छ । यसअघि नयाँ जनवादी क्रान्तीको एजेन्डा अंगाल्दै आएकोमा अब समाजवादी क्रान्तीको कार्य दिशातर्फ अघि बढ्ने निर्णय समेत भएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिनुभयो ।

त्यसका लागि गाउँदेखि शहरसम्मका मध्यमवर्ग, किसान, मजदूर, बुद्धिजिवी लगायतलाई समेटेर समाजवादी क्रान्ती स्थापना गर्ने निर्णय पनि भएको छ । अब प्रत्येक जिल्लामा समाजवादी घर र कम्युनिष्ट समाज निर्माणका लागि पार्टी अग्रसर हुने सम्बन्धमा पनि निर्णय भएको प्रवक्ता प्रकाण्डले बताउनु भयो ।

सबै कम्युनिष्टहरुले भारतलाई विस्तारवाद भन्दै आएकोमा अबदेखि पार्टीले साम्रज्यावाद भन्ने पनि उल्लेख छ । विभिन्न ब्युरोमा विभाजन गरी छलफल गरेर उठेका प्रश्नको महासचिव विप्लवले जवाफ दिएपछि प्रतिवेदन आज सुझाव सहित पारित भएको हो ।

महाधिवेशनमा भएका निर्णयहरु फागुन १४ गते रोल्पाको सदरमुकाम लिवाङमा घोषणा सभा गरी सार्वजनिक गर्ने तयारी भएको सो पार्टीले जनाएको छ । महाधिवेशनमा स्वदेश तथा विदेशबाट करिब एक हजार जना प्रतिनिधि सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ