स्थानीय तहको निर्वाचन मिति सरकारले आज घोषणा गर्दै

स्थानीय तहको निर्वाचन मिति सरकारले आज घोषणा गर्दै

  • सोमवार, फाल्गुन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौ फागुन ९।
मधेसी मोर्चाको विरोधका बाबजुद पनि सरकारले आज स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ । आगामी वैशाख अन्त्यमा देशभर एकै चरणमा मतदान हुनेछ ।

निर्वाचन आयोगले जेठ १ र २१ गते दुई चरणको चुनाव गर्नेगरी मिति घोषणा गर्न प्रस्ताव गरे पनि सरकारले वैशाख अन्तिममा देशभर एकै चरणमा चुनाव गर्नेगरी मिति घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले आगामी वैशाख अन्तिममा नै चुनाव गर्ने सरकारले तयारी गरेको हो । यस विषयमा प्रधानमन्त्रीले हिजो साँझ निर्वाचन आयोगका पदाधिकारी र असन्तुष्ट मधेसी मोर्चासँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।

सरकारले आज निर्वाचनको मिति घोषणा गर्नुअघि मोर्चाको माग पूरा गर्ने औपचारिक निर्णय गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यस्तै आज नै मन्त्रिपरिषदको बैठक बसेर स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन स्वीकार गर्दै परिमार्जनको लागि टोली बनाउने तयारी छ । त्यसपछि साँझ निर्वाचनको मिति घोषणा हुने बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ