बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लियो

बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लियो

  • सोमवार, फाल्गुन ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ९ फागुन ।
लेगानेसलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति घरेलु मैदान नाउ क्याम्पमा समपन्न खेलमा बार्साले लेगानेसमाथि २–१ को संघर्षपूर्ण जीत निकालेको हो ।

बार्सिलोनाका लागि दुवै गोल लियोनल मेस्सीले गरे । खेलको चौथो मिनेटमा नै गोल गर्दै मेस्सीले बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएपनि पहिलो हाफसम्म लेगानेस १–० ले पछि पर्यो ।

त्यसपछि ७१ औं मिनेटमा युनाइ लोपेजले लेगानेसका लागि बराबरी गोल फर्काए । त्यसपछि अन्तिम समयसम्म बराबरी भएको खेलमा ९० मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मेस्सीले बार्सिलोनाका लागि जीत दिलाएका हुन् ।

खेलमा लेगानेस बार्सिलोनामाथि निकै आक्रमक रुपमा प्रस्तुत भएको थियो । जितपछि २२ खेलबाट ५१ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना दुई खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिड भन्दा एक अंकले मात्रै पछि छ ।

तेस्रो स्थानमा झरेको सेभिल्लाको २३ खेलबाट ४९ अंक छ । ला लिगा अन्तरगत राति नै भएका अन्य खेलहरुमा भिल्लारियलले रियल सोसिडाडलाई १–०, भ्यालेन्सियाले एथ्लेटिको बिल्बाओलाई २–० तथा सेल्टा डि भिगोले ओसासुनालाई ३–० ले हराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी