जनताको बलिदानीबाट प्राप्त संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक

जनताको बलिदानीबाट प्राप्त संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक

  • आइतवार, फाल्गुन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ ८ फागुन ।
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानले तोकिएको समयभित्र तीनवटै तहको निर्वाचन गरेर संविधान कार्यान्वयनमा लाग्न दलहरुलाई आग्रह गर्नुभएको छ ।

नवाकोटको कुमरी गाविस–५ नेपानेडाडामा आज सुकमान मेमोरियल पोलिक्लिनिकको उद्घाटन गर्दै उहाँले जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संविधानलाई कार्यान्वयन गराउन निर्वाचन आवश्यक रहेकोमा जोड दिनुभयो ।

नयाँ संविधान कार्यान्वयन गराउनका लागि निर्वाचन आवश्यक रहेको भन्दै उहाँले जनताको लामो त्याग पछि आएको संविधान कार्यान्वयनका लागि दलहरु सबै मिलेर निर्वाचन गराउन तर्फ सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

राज्यले दुर्गम भेगमा स्वास्थ्य सेवा विस्तार गर्न ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सुकमान मेमोरियल पोलिक्लिनिक स्थापना भएपछि कुमरी गाविस तथा धादिङको केवलपुर र जीवनपुर गाविसका बासिन्दाले स्वास्थ्य सेवा पाइरहेका छन् ।

विसं २०७२ वैशाख १२ गतको भूकम्पले भत्काएको पोलिक्लिनिक भवन रु एक करोड ५० लाखको लागतमा पुनःनिर्माण गरिएका हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ