नेकपा माओवादी महाधिवेसनको निर्णय फागुन १४ गते लिवाङमा सभा गरेर सार्वजनिक गरिने

नेकपा माओवादी महाधिवेसनको निर्णय फागुन १४ गते लिवाङमा सभा गरेर सार्वजनिक गरिने

  • आइतवार, फाल्गुन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौ ८ फागुन ।
नेकपा माओवादीको ८औं महाधिवेशन अन्तरगत बन्दसत्रमा आज महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनितिक दस्तावेजमाथि सुझाव राख्ने क्रम सकिएको छ ।

यस्तै पार्टी महासचिब विप्लपले बन्दशक्रमा उठेका प्रश्न तथा जिज्ञासालाई पनि सम्बोधन गर्नुभएको छ । महाधिवेसन प्रतिनीधिहरुले एकीकृत जनक्रान्तिमा सशक्त रुपमा होमिन नयाँ नेतृत्व तयार हुनुपर्ने आवज जोडातोडका साथ उठाएको बताईएकोछ ।

सबैजसो समूहबाट तत्काल सशक्त जनक्रान्तिमा होमिनुपर्ने सुझाव पेश भएकाछन् छन् । प्रतिनीधिहरुले विदेशी दलालको तीव्र हस्तक्षेपले देश विखण्डनतिर जान लागेको र ‘जनयुद्ध’ को उपलब्धि समेत धरापमा पर्ने खतरा बढेको उल्लेख गरेका छन् ।

‘भ्रष्ट, दलाल र जनविरोधीको विरुद्धमा सशक्त कारबाही गर्दै जनक्रान्तिलाई घनिभूत बनाउनुपर्ने, सत्ता दमनमा उत्रिए हात बाँधेर बस्नु नहुने सुझाइ आएका छन ्।

एकीकृत जनक्रान्ति जनताको पक्षमा हुने भन्दै राज्यदमन भएपनि प्रतिरोध गर्न आँट्नुको विकल्प नभएको सुझाव समूहबाट आएका छन् । पार्टीको संगठनात्मक ढाँचा साविककै हुनुपर्नेमा मत देखिएकोछ ।

अहिलेको संविधान अनुरुप संघीय ढाँचा अनुसारको संगठन बनाउँदा जारी संघीय संविधान’ स्वीकार गरेको भ्रम हुनसक्ने बारे पनि सचेत हुनुपर्ने मत पनि देखिएको छ ।

छलफलमा ठूलो अन्तरका फरक मत देखिएका छैनन् । एकीकृत जनक्रान्तिलाई अझ ठोस रुपमा परिभाषित गर्दै प्रशिक्षित गर्न प्रतिनिधि पर्यवेक्षकले माग पनि गरेका छन् ।

बन्दशत्रमा उठेका जिज्ञासा र प्रश्नहरुको सम्बोधन गर्दै पार्टी महासचिब विप्लपले समस्त कम्युनिष्ठ घटकहरुलाई गोलबन्द गर्दै निर्णय क्रान्ती गर्नुपर्ने बताउनु भयो । सम्पूर्ण प्रगतिशिल, राष्ट्रवादी वर्ग, किसान, मजदुर, उद्योमी पजिपती सबैलाई समेट्दै एकिक्रित जनक्रान्ति गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

महासचिब विप्लबले गाउँमा मात्र नभएर राजधानी शहर र देशका सबै केन्द्रमा एकैपटक विद्रोह गर्ने बताउनु भयो । उहाले निर्णयक क्रानितका लागि बिद्रोहमा उत्रन सम्पूर्ण पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

उहाले क्रान्तिमा सहयोग गर्न देशका सबै प्रगतिशिल, राष्ट्रवादी, न्याप्रेमी तथा वौद्धिक वर्गलाई पनि आग्रह गर्नुभएको छ । महाधिवसनको निर्णय भने फागुन १४ गते रोल्पाको सदरमुकाम लिवाङमा सभा गरेर सार्वजनिक गरिने पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

महाधिवेशनमा स्वदेश तथा विदेशबाट करिब एक हजार जना प्रतिनिधि सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ