अब निर्वाचन कसैले रोकेर रोकिदैन : वनमन्त्री

अब निर्वाचन कसैले रोकेर रोकिदैन : वनमन्त्री

  • आइतवार, फाल्गुन ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ८ फागुन ।
वनमन्त्री शंकर भण्डारीले सरकार निर्वाचनको तयारीमा जुटिसकेकाले अब निर्वाचन कुनै पनि हालतमा अघि बढ्ने बताउनु भएको छ । उहाँले अब निर्वाचन हुँदैन कि भन्ने आशंका नगर्न आग्रह गर्नुभयो ।

रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भण्डारीले भन्नुभयो आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न र अर्को वर्ष ७ माघ भित्र तीन वटै तहको निर्वाचन गर्नेगरी सरकारले गृहकार्य अघि बढाइसकेको बताउनु भयो ।

सबैको सहमतिमा निर्वाचन गर्नका लागि एमाले र मधेसवादी दलसँग सरकारले वार्ता र संवादलाई निरन्तरता दिइरहेको बताउँदै उहाँले निर्वाचन नजाने घुर्की कसैले लाउँदैमा निर्वाचन नरोकिने प्रष्ट पार्नुभयो ।

सरकारले जुनसुकै दिन निर्वाचनको मिति घोषणा गर्न सक्ने मन्त्री भण्डारीको भनाई छ । निर्वाचनको विषयलाई लिएर एमाले सस्तो लोकप्रियतामा लागेको आरोप लगाउँदै उहाँले नर्वाचनको विषयमा गलत प्रचार नगर्न पनि सबैमा अपिल गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ