कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक तथा दोहोरी क्षेत्रका प्रतिभासाली गायक तथा मोडल प्रसाद खाप्तरी मगरको अर्को मौलिक उत्कृष्ट लोकदोहोरी गीत “खुर्पेटोमा आँसी”बजारमा आएको छ ।बहुचर्चित लोक दोहोरी गायिका देवी घर्ती र प्रसाद खाप्तरी मगरको सुमधुर आवाजमा सुसजित गीतमा लय शब्द बहुचर्चित सर्जक बसन्त थापाले गरेका छन भने म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल रन्जिता गुरुङ र प्रसाद खप्तरी मगरले गरेका हुन् ।गीत छोटो समयमा अत्याधिक मन पराउन थालेका छन ।माया प्रेममा परेकाले हेर्नै पर्ने यस गीतको निर्देशन भने बब्बु थापाले गरेका हुन् ।दुर्गा पौडेलको छायांकनमा तयार भिडियोको सम्पादन भने प्रविन भट्टले गरेका हुन ।एकता फ्लिम्सको निर्माणमा तयार गीत अहिले चर्चाको सिखरमा लम्किदै छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।