रुपन्देही–११ बुढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश

रुपन्देही–११ बुढासुब्बा गोल्डकपको सेमिफाइनल प्रवेश

  • शनिबार, फाल्गुन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ ७ फागुन ।
काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै रुपन्देही–११ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज दिउँसो धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा काँकडभिट्टालाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै रुपन्देही प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको ५९औं मिनेटमा कप्तान गिल्सन लिम्बूको गोलबाट काँकडभिट्टाले अग्रता लिएको थियो । ७६औं मिनेटमा रुपन्देहीका लागि कालु थापाले गोल गरेपछि खेल बराबरीमा पुगेको हो ।

निर्धारित समयसम्म १–१ को बराबरी भएपछि टाइब्रेकरमा रुपन्देही विजयी भएको हो । दुबै टिमले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएका हुन् ।

दोसो क्वार्टरफाइनलमा आइतबार धरान फुटबल क्लब ‘रातो’ र पोखरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । विजेताले पाँच लाख रुपैयाँ जित्ने प्रतियोगितामा १० टिम सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी