‘राष्ट्रसेवक कर्मचारीले आफ्नो अधिकारको खोजी गर्दा देश र जनतालाई भूल्नु हुदैन’

‘राष्ट्रसेवक कर्मचारीले आफ्नो अधिकारको खोजी गर्दा देश र जनतालाई भूल्नु हुदैन’

  • शनिबार, फाल्गुन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ ७ फागुन । 
नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संक्रमणकालिन अवस्था अन्त्य गर्नका लागि निर्वाचनको विकल्प नरहेको बताउनु भएको छ ।

नेपाल निजामती कर्मचारी युनियन संघ झापाको सातौँ जिल्ला अधिवेशनको आज चन्दुगढीमा उद्घाटन गर्दै उहाँले अब संक्रमणकाल अन्त्यका लागि कर्मचारी तयार रहनुपर्ने बताउनु भयो ।

स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्रले सुशासनका लागि निष्पक्ष भएर काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले आफ्नो अधिकारको खोजी गर्दा राष्ट्रसेवक कर्मचारीले देश र जनतालाई भूल्न नहुने धारणा राख्नुभयो ।

संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन अत्यावश्यक रहेको भन्दै सिटौलाले मुलुक विवाद र द्वन्द्वको अलमलमा पर्दा लोकतन्त्र खतरामा पर्न सक्नेतर्फ सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।

अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि निजामती कर्मचारी युनियन संघ झापाको अध्यक्षमा कवीन्द्र विक्रम नेम्वाङलाई निर्विरोध चयन गरेको छ ।

त्यस्तै सचिवमा ज्ञानु सिवाकोटी, सहसचिवमा भानुभक्त भट्टराई र कोषाध्यक्षमा तेजबहादुर पौडेललाई निर्विरोध चयन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ