प्रधानमन्त्री दाहालले आज मधेस केन्द्रित दलहरुसँग परामर्श गर्दै

प्रधानमन्त्री दाहालले आज मधेस केन्द्रित दलहरुसँग परामर्श गर्दै

  • शनिबार, फाल्गुन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमान्डौ फागुन ७ ।
संविधान संशोधन र स्थानीय निर्वाचनका बारेमा सहमतिको प्रयास स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहालले आज मधेस केन्द्रित दलका नेताहरुसँग छलफल गदृै हुनुहुन्छ ।

छलफलका लागि मधेस केन्द्रित दलहरुलाई प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा विहान १० बजेका लागि बोलाउनु भएको छ । ।

मधेसी दलहरुको सहमतिकै आधारमा स्थानीयत तहको निर्वाचन मिति घोषणा गर्नेमा सहमति जुटाउने प्रयास स्वरुप छलफल गर्न लाग्नु भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

प्रमुख तीन दलका बीचमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने विषयमा प्रारम्भिक सहमति भइसकेको र उक्त सहमतिमा मधेस केन्द्रित दलका नेतालाई समेत सहमत गराउने सरकारको तयारी छ ।

सरकारले निर्वाचन आयोगलाई यही फागुन ८ गते स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी भएको जानकारी गराएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर आजै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

मधेसी दलहरुले संविधान संशोधनबिना निर्वाचनमा जान नसकिने अडान लिँदै आएका छन् भने सरकारले संविधान संशोधन र निर्वाचनलाई सँगैसँगै अघि बढाउने योजना बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ