बुढासुब्बा गोल्डकपमा आज काँकटभिट्टा र रुपन्देही भिड्ने

बुढासुब्बा गोल्डकपमा आज काँकटभिट्टा र रुपन्देही भिड्ने

  • शनिबार, फाल्गुन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौ ७ फागुन ।
धरानमा जारी १९ औं बुढासुब्बा गोल्डकपमा आज काँकटभिट्टा फुटबल टे«ेनिङ सेन्टर र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुदैछ ।

खेल दिउँसो २ बजेपछि धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सुरु हुनेछ । दुवै टोली खेलमा जीत हात पार्दै प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउने दाउका साथ मैदान उत्रदैछ ।

यसअघि हिजो भएको खेलमा आयोजक धरान पहेँलो टीमलाई सडन डेथमा पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ ।

निर्धारित समय र थपिएको अतिरिक्त समयमा पनि दुवै टोली १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा पनि खेल बराबरी नै भएपछि खेल सडन डेथमा पुगेको हो । सडन डेथमा धरानका विवेक राई गोल गर्न चुकेपछि पुलिसले जीत आफ्नो पक्षमा सुनिश्चित गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी