राजधानीमा जारी राप्रपाको एकता महाधिवेशनमा आज विधान संशोधन प्रस्ताव पेस हुदै

राजधानीमा जारी राप्रपाको एकता महाधिवेशनमा आज विधान संशोधन प्रस्ताव पेस हुदै

  • शनिबार, फाल्गुन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, फागुन ७।
राजधानीमा जारी राष्टिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनमा आज विधान संशोधन प्रस्ताव पेश हुँदैछ ।

भृकुटीमण्डमा हुने बन्द सत्रमा नेता बुद्धिमान तामाङ संयोजकत्वको समितिले तयार पारेको विधान संशोधनको प्रस्ताव प्रस्तुत र प्रस्तावमाथि छलफल सुरु हुने पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

विधान संशोधन प्रस्तावमा ६५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने, पार्टी अध्यक्ष सहित ६५ प्रतिशत केन्द्रिय सदस्य चुनावबाट छानिने र बाँकीलाई अध्यक्षले मनोनयन गर्ने, र २ जना प्रवक्ता तोक्ने लगायत प्रस्ताव गरिएको छ ।

पहिलो सत्रमा विधान संशोधनबारे छलफल भएपछि अध्यक्ष थापाले पेश गरेको राजनीतिक र नेता प्रकाशचन्द्र लोहनीले पेश गरेको आर्थिक प्रतिवेदनमाथि छलफल सुरु हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ