नेकपा माओवादीको बन्दसत्रमा आजपनि टोली नेताले धारणा राख्दै

नेकपा माओवादीको बन्दसत्रमा आजपनि टोली नेताले धारणा राख्दै

  • शनिबार, फाल्गुन ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ ७ फागुन ।
नेकपा माओवादीको ८ औं महाधिवेशन अन्तरगत बन्दसत्रमा आज पनि महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनितिक दस्तावेजमाथि विभिन्न टोली नेताले धारणा राख्दैछन् ।

पार्टीको आगामी कार्यदिशा तथा वैज्ञानिक समाजवाद र एकिकृत जनक्रान्तीका सन्दर्भमा महासचिव विप्लवले प्रस्तुत गर्नुभएको राजनितिक दस्तवेजमाथि बाँकी रहेका टोली नेताले आज धारणा राख्ने पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्म प्रकाण्डले जानकारी दिनुभयो ।

यसअघि हिजो विभिन्न २० वटा समुहमा विभाजन गरी दस्तवेजमाथि छलफल भएको थियो । हिजै मेची व्युरो, ताम्सालीङ व्युरो, कार्णली व्युरो र कोशी व्युरोसहित चार वटा समुहका टोली नेताहरुले दस्तावेज माथि सुझाव राखिसकेका छन् ।

आज विहान ८ बजेदेखि सुरु हुने बन्दसत्रमा बाकी रहेका समुहले सुझाव राख्नेक्रम सुरु हाम्रा संवाददातले जनाएका छन् । महासचिवको दस्तावेजमा पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राख्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको व्यख्या गर्दै नयाँ प्रक्रियाबाट क्रान्ती सफल पार्ने लगायतका विषय समावेश छन् ।

आइतबारसम्म चल्ने महाधिवेशनमा स्वदेश तथा विदेशबाट करिब एक हजार जना प्रतिनिधि सहभागी छन् । यसअघि महाधिवेशनको उद्घाटनसत्र फागनु १ गते २२ औं जनयुद्ध दिवसको अवसर पारेर राजधानीको खुलामन्चमा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ