बन्दसत्रको दोस्रो दिन आज महासचिव विप्लवको राजनितिक दस्तावेजमाथि समुह नेताले धारणा राख्न सुरु

बन्दसत्रको दोस्रो दिन आज महासचिव विप्लवको राजनितिक दस्तावेजमाथि समुह नेताले धारणा राख्न सुरु

  • शुक्रबार, फाल्गुन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ६ फागुन ।  

नेकपा माओवादीको रोल्पाको थवाङमा जारी ८औं महाधिवेशन अन्तरगत बन्दसत्रमा आज महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनितिक प्रतिवेदनमाथि समुहगत छलफल सकिएको छ ।

पार्टीको आगामी कार्यदिशा तथा वैज्ञानिक समाजवाद र एकिकृत जनक्रान्तीका सन्दर्भमा महासचिव विप्लवले प्रस्तुत गर्नुभएको राजनितिक दस्तवेजमाथि आज विभिन्न २० वटा समुहमा विभाजन गरी छलफल भएको पार्टी प्रवक्त खड्गबहादुर विश्वकर्म प्रकाण्डले जानकारी दिनुभयो ।

समुहगत छलफल सकेपछि आजै टोली नेताले दस्तावेजमाथि सुझाव राख्ने क्रम पनि सुरु भएकोछ । यसैक्रममा आज चार ओटा समुहका टोली नेताहरुले दस्तावेज माथि सुझाव राखेकाछन् ।

मेची व्युरो, ताम्सालीङ व्युरो, कार्णली व्युरो र कोशी व्युरोले दस्तावदेज माथि सुझाव राखेका हुन् । भोली विहान ८ बजेदेखि देखि बाकी समुहले पनि सुझाव राख्ने हाम्रा संवाददातले जनाएका छन् ।

प्रतिवेदनमा पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राख्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको व्यख्या गर्दै नयाँ प्रक्रियाबाट क्रान्ती सफल पार्ने लगायतका विषय समावेश छन् ।

यसअघि बन्दसत्रको पहिलो दिन हिजो महासचिव विप्लवले पार्टीको आगामी कार्यदिशा समेटिएको दस्तावेज प्रस्तुत गर्नुभएको थियो भने प्रवक्ता प्रकाण्डले पार्टीको विधान छलफलमा लागि पेश गर्नुभएको थियो ।

आइतबारसम्म चल्ने महाधिवेशनमा स्वदेश तथा विदेशबाट करिब एक हजार जना प्रतिनिधि सहभागी छन् । यसअघि महाधिवेशनको उद्घाटनसत्र फागनु १ गते २२ औं जनयुद्ध दिवसको अवसर पारेर राजधानीको खुलामन्चमा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ