नेपाल पुलिस बुढासुब्बा गोल्डकपको क्वार्टरफाइनल प्रवेश

नेपाल पुलिस बुढासुब्बा गोल्डकपको क्वार्टरफाइनल प्रवेश

  • शुक्रबार, फाल्गुन ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ६ फागुन ।
धरान ‘पहेंलो’लाई पराजित गर्दै नेपाल पुलिस क्लब १९औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

एन्फा टेक्निकल सेन्टरमा दिउँसो भएको खेलमा पुलिसले आयोजकको दोस्रो टिम धरान ‘पहेंलो’लाई ‘सडन डेथ’मा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

खेलको १७ औं मिनेटमा कप्तान योगेश राईले गोल गर्दै धरान पहेंलोलाई अग्रता दिलाए । अन्तिम मिनेटसम्म धरानले अग्रता लिएपनि इन्जुरी समयको अन्तिम पलमा पुलिसका विक्रम धिमालले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि भएको पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएकोमा पुलिसले बाजी मारेको हो । सडन डेथमा धरानका विवेक राई गोल गर्न चुक्दा हेमु लिम्बूले गोल गर्दै पुलिसलाई जित दिलाएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी